
सिरहा : सिरहामा प्रेमीको जालमा परी भ्यालेन्टाइन डे मनाउन गएकी एक बालिका सामूहिक बलात्कार परेकाे घटना बाहिरिएको छ। प्रेमीले ‘सरस्वती पूजा र भ्यालेन्टाइन डे’को बहानामा बालिकालाई लहानस्थित साथीको डेरामा लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको घटना बाहिरिएको हो।



बालिका बलात्कार आरोपमा बिहीबार सुखिपुर नगरपालिका-२ का मणिराम यादवको छोरा वर्ष १८ को निकेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्नलाई अन्यकाे खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

ती बालिकालाई ललाई फकाई साथीको डेरामा लगेर करणी गरेको आरोपमा बिहीबार बिहान घरबाटै निकेशलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता राजेन्द्र राज पाण्डे जानकारी दिए ।
निकेशले किशोरीलाई लहान १ स्थित अरुण कुमार यादवको डेरामा लगेर बुधबार अपरान्ह ललाई फकाई जबरजस्ती करणी गरेको र सोही कारण आफू बिरामी भएको आफन्तलाई जानकारी गराउना साथ परिवारले उजुरी दिएका थिए । बालिका रक्ताम्य अवस्थामा डेरामै अचेत देखिएपछि एकजनाले आफन्तलाई खबर गरेका थिए ।



किशोरीको उपचार विराटनगरमा भइरहकको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। -एनपि











![newskarkahna-news895520. (1) lrof l6Kb} M Onfdsf] blIf0fL bfgfaf/Ll:yt lrlndsf]6l:yt lrof aufgdf lrof l6Kb} aufgsf dhb'/x¿ . tl:a/M uf]ljGb nfld5fg]÷Onfd /f;;](https://www.arghakhanchi.com/wp-content/uploads/2026/06/newskarkahna-news895520.-1-72x72.jpg)





