गभर्नरको राजीनामा माग्दै लघुवित्त पीडितहरूद्वारा राष्ट्र बैंक घेराउ

spot_img

काठमाडौं । लघुवित्त संस्था पीडितहरूले राष्ट्र बैंक घेराउ गरेका छन् । लघुवित्त विरुद्धको सङ्घर्ष समितिले राष्ट्र बैंक परिसरमा पुगेर घेराउ गरेका हुन् । विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर पनि प्रदर्शन गरेका छन् ।

पीडितहरुले हाम्रो माग पूरा गर,राष्ट्र बैंकका गभर्नर राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर,दिदी बहिनी ठग्न पाइँदैन,धितो लिलाम फुकुवा गर,वित्तीय संस्था खारेज गर,वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए ।

गरिब किसानहरूलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, सामूहिक ऋण मिनाह गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने लगायत विभिन्न मागसहित उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।