मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने

spot_img

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच आज पनि वार्ता हुने भएको छ । आइतबार साँझ गृह मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज फेरी वार्ता हुन लागेको हो ।

सरकार र पीडितबीच सोमबार बिहान ११ बजेदेखि पुनः वार्ता हुने जनाइएको छ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ । आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए ।

यसैबीच, पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन् । आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए ।