ब्लुबुक नवीकरण नभएका सवारीलाई ट्राफिकले कारबाही नगर्ने

spot_img

काठमाडौं । ट्राफिक प्रहरीले अबदेखि सवारी साधनको ब्लुबुक नवीकरण नभएको अवस्थामा कारबाही नचलाउने भएको छ । सवारी कागजात चेकजाँच गर्ने क्रममा ब्लुबुक नवीकरण नभए पनि ट्राफिक प्रहरीले चिट काटेर जरिवाना गर्ने छैन । बरु ब्लुबुक नवीकरणका लागि सम्झाएर पठाउने छ । ट्राफिक नियम उल्लंघनको घटनामा भने यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा कारबाहीअघि बढाइने छ ।

अबदेखि बिलबुक नवीकरण नभएका सवारीलाई ट्राफिकले कारबाही नगर्ने « Globe Nepal

ट्राफिक प्रहरीले ब्लुबुक नवीकरण फेल भएका सवारी धनीलाई चिट् काटेर जरिवाना गराउँदै आएकोमा अबदेखि त्यसो नगर्ने भएको छ । ब्लुबुक नवीकरणलगायतका कामको जिम्मेवारी यातायात ब्यवस्था कार्यालयको भएको भन्दै ट्राफिक प्रहरीले अब ट्राफिक नियम कार्यान्वयन र यातायात व्यवस्था चुस्त राख्ने काममा मात्रै ध्यान दिने भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी जीवनकुमार श्रेष्ठले ब्लुबुक नवीकरणको म्याद नाघेको अवस्थामा प्रहरीले कारवाही गर्न नमिल्ने भएकाले यस्तो निर्णय गरिएको बताउनुभयो ।

घट्यो ब्लुबुक नवीकरणको जरिवाना :: सेतोपाटी संवाददाता :: Setopati

त्यस्ता सवारी धनीहरुलाई यातायात व्यवस्था कार्यालयले जरिवाना गर्ने व्यवस्था भएकाले प्रहरीको काम उनीहरुलाई चिट काट्ने नभएको ट्राफिक प्रहरीको भनाइ छ । यसअघि आर्थिक वर्ष नाघेपछि ब्लुबुक नवीकरण नगरिएका सवारीलाई ट्राफिक प्रहरीले चेकजाँच गरी चिट काट्ने र जरिवाना लिने गर्दै आएको थियो । तर, ट्राफिक प्रहरी कार्यालयले ब्लुबुक चेकजाँच नै नगर्ने भने होइन । ब्लुबुक चेकजाँच गर्दा नवीकरण नगरेको पाइएमा नवीकरणका लागि सम्झाएर पठाइने छ भने ट्राफिक नियम पनि उल्लंघन गरेको घटनामा कारबाहीका लागि यातायात व्यवस्था कार्यालयसँग समन्वय गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

ब्लुबुक नवीकरण गराउने वा नगरे वापत जरिवाना गर्ने जिम्मेवारी यातायता व्यवस्था कार्यालयको भएकाले नागरिकलाई दोहोरो जरिवाना गर्नबाट राहत दिनका लागि नयाँ नियम लागू गरिएको हो । ट्राफिक प्रहरीको काम सवारी व्यवस्थापन चुस्त दुरुस्त राख्ने र सवारी नियम उलङ्घन गरेकालाई कारवाही गर्ने भएकाले ब्लुबुक नवीकरणको विषयलाई यातायात व्यवस्था कार्यालयलाई नै छाडिएको ट्राफिक प्रहरीको भनाइ छ ।

उपत्यका ट्राफिक कार्यालयले मातहतका निकायहरुलाई पनि ब्लुबुक नवीकरणको विषयमा ठाउँका ठाउँ चिट्न काट्ने काम बन्द गर्न र यातायात व्यवस्था कार्यालयसँग समन्वय गर्न सर्कुलर गरिसकेको छ ।