सुर्यज्योति लाइफ इन्स्योरेन्स अर्घाखाँची शाखाले दियो बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी (तस्बिर सहित)

spot_img

गोपाल प्रसाद भट्टराई,अर्घाखाँची।

फागुन–१८,अर्घाखाँची।  सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी अर्घाखाँची शाखाले बीमितको परिवारलाई मृत्यु दाबी वापतको रकम भुक्तानी गरेको छ । सुर्यज्योतिमा साबधिक बीमा गराएका सन्धिखर्क–११, डिभर्नाका स्व.मोतिराज खनालको परिवारलाई कम्पनीले ५ लाख ९६ हजार २ सय ५० रुपैंया बीमा दाबी भुक्तानी गरेको हो ।

May be an image of 7 people and text

शुक्रबार सुर्यज्योतिको सन्धिखर्क स्थित कार्यालयमै एक कार्यक्रमको आयोजना गरि कम्पनीको अर्घाखाँची शाखा म्यानेजर कुशल गौतमले स्व.मोतिराजको श्रीमती मिना ज्ञवाली (खनाल)लाई चेक हस्तान्तरण गर्नुभएको हो ।

May be an image of 3 people, dais and text

“मोतिराज खनालले २०७७ असार ४ गते ५ लाख रुपैयाँ बराबरको साबधिक जिवन बिमा अन्तर्गत बीमित हुनुभएको हो ।” सुर्यज्योति अर्घाखाँची शाखाका अप्रेशन इन्चार्ज

May be an image of 7 people, people studying, people smiling, television and hospital

कमल पाण्डेले भन्नुभयो, “२०८० पौष ५ गते उहाँको ४० बर्षको उमेरमा निधन भएको छ ।” उहाँले अगाडि थप्नुभयो,“आफ्नो बिमा शुल्क बापत कम्पनीलाई ४ किस्ता बुझाउनुभएका मोतिराजको निधन पश्चात उहाँको परिवारलाई कम्पनीले ५ लाख ९६ हजार २ सय ५० रुपैंयाको चेक हस्तान्तरण गरेको हो ।”

May be an image of 1 person and text that says "SuryaJyoti जीवनको लागि सूर्यज्योति लाइफ इन्स्योरेन्स क. दाबी भुक्तानी कार्यक्रम अर्घाखांची शाखा 0 SuryaJyoti जीवनळोलागि कउवल"

दाबी भुक्तानी कार्यक्रममा बोल्दै कम्पनीका सिनियर एजेन्सी म्यानेजर कृष्ण प्रसाद खनालले बीमाले विषम परिस्थितिमा सहयोग गर्ने दाबी गर्दै जिवनबिमा सबै नागरिकको लागि अनिवार्य भएको बताउनुभएको छ । मृत्युलाई रोक्न र बीमितको जिवन फर्काउन नसकिएपनि परिवारलाई सानो भएपनि राहत पुग्ने उहाँको तर्क छ ।

May be an image of 1 person, smiling, hospital and text

दाबी भुक्तानी कार्यक्रममा एजेन्सी म्यानेजर तिलकराम भट्टरनई, गोविन्द खनाल, प्रेम बुढाथोकी, मन्जु मरासिनी, स्वर्गिय मोतिराजका बुवा छविलाल खनाल र कर्मचारी निर्मला गैरे लगायतको उपस्थिति रहेको थियो ।

थप तस्बिर:

May be an image of 7 people, people studying, people smiling, television and hospitalMay be an image of 7 people and text