
मोरङ । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजेतिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ ।


खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका–६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो । दुई वर्ष अगाडिदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ ।



अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्की पनि आइपुगेका छन् । घटनाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्नु नसकेकोले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट (के नाइन) कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।- एनपि













![newskarkahna-news895520. (1) lrof l6Kb} M Onfdsf] blIf0fL bfgfaf/Ll:yt lrlndsf]6l:yt lrof aufgdf lrof l6Kb} aufgsf dhb'/x¿ . tl:a/M uf]ljGb nfld5fg]÷Onfd /f;;](https://www.arghakhanchi.com/wp-content/uploads/2026/06/newskarkahna-news895520.-1-72x72.jpg)





