मोरङ: १५ वर्षीया बालिकाको घाँटी रेटेर विभत्स हत्या, कुकुरसहितको प्रहरी टोली घटनास्थलमा

spot_img

मोरङ । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका–७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजेतिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ ।

खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका–६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो । दुई वर्ष अगाडिदेखि फुपूको छोरा दाजु पर्नेको घरमा बसेर पञ्चायत माविमा कक्षा ७ मा अध्ययन गर्दै आएकी बालिकाको टाउको र शरीर छुट्टिने गरी हत्या भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालयको टोली तथा मोरङ जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज कार्की पनि आइपुगेका छन् । घटनाको अवस्था जटिल रहेको र हत्यारा अहिलेसम्म पत्ता लाग्नु नसकेकोले तालिम प्राप्त कुकुर कोशी अञ्चल प्रहरी कार्यालय धरानबाट (के नाइन) कुकुर ल्याएर घटनास्थलको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।- एनपि