यस्तो छ मिटरब्याज पीडित र सरकारबीच ४ बुँदे सहमति

spot_img

काठमाडौं । सरकार र मिटरब्याजपीडित तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा आइतबार र सोमबार भएको वार्तासँगै सहमति भएको हो ।

सहमितपछि समितिले आह्वान गरेको आन्दोलन पनि फिर्ता भएको छ ।

पीडितहरु देशका विभिन्न ठाउँबाट पैदल यात्रसहित काठमाडौं आएका थिए ।