जन्मदिनको खर्च कटाएर बेसहारालाई आर्थिक सहयोग

spot_img

-टेकराज भुसाल, अर्घाखाँची ।

प्युठान मल्लरानी गाउँपालिका-३ जेविन्डाडा निवासी युवा समाजसेवी तथा नेकपा (माओवादी केन्द्र) मल्लरानी गाउँपालिका उपाध्यक्ष बिष्णु शर्माले जन्मदिनको फजुल खर्च कटाएर घरबारविहीन (बेसहारा)लाई आर्थिक सहयोग गर्नुभएको छ ।

युवा समाजसेवी शर्माले आफ्नो ३० औं जन्मदिनको अवसरमा मल्लरानी-२ मधुगैराका घरबारविहीन (बेसहारा) दिनबहादुर नेपालीलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो।

आर्थिक सहयोग हस्तान्तरण गर्दै शर्माले आधुनिकता सँगसँगै जन्मदिनलाई पछिल्लो समयमा भड्किलो र प्रतिस्पर्धात्मक रुपमा लगि समाजमा विदेशी संस्कृति भित्राउने चलन चलेको भन्दै शर्माले आफूले आफ्नो जन्मदिनलाई  रचनात्मक तरिकाले मनाएकाे बताउनु भयो।

शर्मा राजनीति,  समाजसेवा सँगै अर्जुन इङलिस बोडिङ्ग स्कुल भूमिकास्थान ढाकावाङ्गका प्रिन्सिपल र प्युठान डटकम कम्प्युटरका संचालन समेत गर्दै आउनु भएको छ।