

काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच ६ बुँदे सहमति भएको छ । आज (शुक्रबार) अर्थ मन्त्रालयमा सरकारी वार्ता टोली र आन्दोलनकारीका प्रतिनिधिबीच सहमति भएको हो ।
![संसद् भवन अगाडि लघुवित्त पीडितको प्रदर्शन [फोटोफिचर] - नेपाल लाइभ :: नेपाल लाइभ :: Nepal Live - Independent Digital Media](https://nepallive.net/uploads/posts/laghubitta%20pidit%20(14)1690360410.jpg)

सहमति पत्रमा सरकारको तर्फबाट वार्ता टोलीका संयोजक सह–सहसचिव एवम् वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल र आन्दोलनकारीका तर्फबाट वार्ता टोली संयोजक पुनाराम (मनिराम) ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
अर्थ मन्त्रालयले केही समयदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका लघुवित्त पीडितलाई रिसाल नेतृत्वमा वार्ता समिति गठन गरी पीडितका प्रतिनिधिलाई वार्तामा बोलाएको थियो ।


यस्तै ऋण लिँदाकै बखत ऋणीको अनुमति बिना वा ऋणीलाई प्रभावमा पारी निश्चित प्रतिशत रकम कट्टा गरी वचत खातामा रकम जम्मा गर्न लगाउने, ऋण लगानी गर्दाकै समयमा किस्ता वापतको रकम अग्रिम जम्मा गर्न लगाउने जस्ता कार्यलाई नियन्त्रण गर्ने, कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनाको सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रचलित कानून बमोजिम कारबाही गर्ने सहमति भएको छ ।
सहमतिसँगै लघुवित्त पीडितले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । – एनपि
सहमति पत्र :











