किसान नेट प्रा.लीको इन्टरनेट सेवामा नयाँ धमाका : प्रयोगकर्तालाइ शेयर धनी बन्ने अवसर, साना किसानमा आवद्द शेयर सदस्यहरुलाई आजिवन निशुल्क इन्टरनेट र टिभी सेवा (बिबरण सहित ) 

spot_img

-केशब राज ज्ञवाली, अर्घाखाची डट्कम।

अर्घाखाँची । इन्टरनेट सेवा प्रदायक किसान नेट कम्पनिले अब सेवा प्रयोगकर्तालाइ शेयर स्वामित्व दिने गरि सुबिधा ल्याएको छ । किसान नेट प्रा.ली र केन्द्रिय कृषि सहकारी संघ लि . ललितपुर बिच भएको सम्झौता अनुरुप अब देश भरका साना किसान कृषि सहकारिमा आवद्द किसान सदस्यहरु लाभान्वित हुने कम्पनिले जनाएको छ ।

देशभर भएका साना किसान कृषि सहकारिमा आवद्द शेयर सदस्यहरुलाइ मात्र यो सुबिधा उपलब्ध गराउने गरि किसान नेटले ल्याएको योजनामा सहभागिहरुले यो नेट जोडे बापत शेयर पाउने छन । पहिलो बर्ष रु १० हजारमा सेवा लिने गरि इन्टरनेट त्यस पछि प्रत्येक बर्ष ८,५०० रुपैयाँको दरमा चार बर्ष रकम तिरे पछि प्रयोगकर्ताले आजिवन निशुल्क इन्टरनेट सेवा पाउने कम्पनिले जनाएको छ ।

कुल ५ बर्ष सहुलियत दरमा सेवा लिएका ग्राहकहरुको ५ बर्ष सम्म तिरेको रकमलाइ शेयरमा परिणत गरिदिने र निरन्तर लाभांश दिने कम्पनिको योजना रहेको छ । सेवा जडान गर्दाको बर्षमा लिएको शुल्क १० हजारबाट ६ हजार शेयरमा परिणत गरिदिने र बाकी चार बर्ष तिरेको रकमबाट प्रत्येक बर्ष १ हजारका दरले शेयरमा परिणत गर्दा ५ बर्षको अन्त्यमा सेवाग्राहिको कुल १० हजार शेयर बन्ने योजना कम्पनिले ल्याएको छ ।

यो संगै ६ बर्षको अन्त्यमा बोनस लाभांश सहित २० हजार बराबरको शेयर कायम हुने सुबिधा पनि कम्पनिले ल्याएको छ । यो सुबिधा सानाकिसान कृषि सहकारिमा आवद्द सदस्यले मात्र पाउने छन ।

यो परियोजनाको अधिकृत पुजि १ अर्ब र जारी पुजि ५० करोड रहेको कम्पनिले जनाएको छ । कम्पनिले देशका ७७ वटै जिल्लामा आफ्नो सेवा सुचारु गर्ने गरि कार्य योजना तिब्र रुपमा अघि बढेको समेत जनाएको छ। साथै कम्पनीबाट उपलब्ध नेट र टिभिमा उच्च गतिको गुणस्तरिय सेवा हुने जानकारी दिदै अबको केहि महिनामा नै उक्त सेवा उपलब्ध हुने जनाएको छ।

यस्तो छ सेवा सुबिधा :