रुसको राष्ट्रपतिमा फेरि पनि पुटिन निर्वाचित

spot_img

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौ कार्यकालका लागि निर्वाचित भएका छन् । तीन दिनसम्म भएको एक पक्षीय चुनावमा पुटिन ८७ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएको दाबी गरिएको छ ।

रुसका आलोचक तथा पश्चिमा देशहरुले यो परिणामलाई अपेक्षित भनेका छन् । मतदानको अन्तिम दिन आइतबार रुसी शहरहरूमा कम्तिमा ८० प्रदर्शनकारीहरू पक्राउ परेका छन् ।

कारागारभित्रै मारिएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवाले जारी गरेको विरोध अपिलमा भेला हुनेहरुको मतदान केन्द्रबाहिर लामो लाइन लागेको थियो ।

७१ वर्षीय पुटिन रुसी राष्ट्रपतिमा पुनः निर्वाचित भएसँगै रुसमा कम्तिमा अरु ६ वर्ष पुटिनकै शासन चल्ने भएको छ । रुसले कब्जा गरेको युक्रेनका केही भूभागमा पनि यसपटक मतदान भएको छ ।

जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्राइमिया क्षेत्रमा चुनाव गराएर रुसले ती क्षेत्रहरु आफुले नछाड्ने सन्देश दिएको छ । – एजेन्सी