बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

spot_img

बागलुङ। बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

बागलुङको निसीखोलामा गाउँपालिका–६ जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने २८ जना घाइते भएका छन् ।

बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका ६ जाउलेपानीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको बागलुङ प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा र अन्य २७ जनाको बागलुङस्थित धवलागिरि अस्पतालमा उपचार भइरहेको छ ।