एसईई परीक्षा शुरु : अर्घाखाँचीबाट ८४ वटा बिधालयका २ हजार ९ सय ७२ जना  बिधार्थीहरु परिक्षामा सहभागी हुदै

spot_img

-अर्घाखाँचीडटकम्।

अर्घाखाँची- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु भएको छ ।आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । बिहान ८ बजे सुरु भएको परीक्षा ११ बजे सकिने छ ।चैत २७ गतेसम्म चल्ने परीक्षाका लागि देशभरबाट ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी भएका छन् ।

यसैगरी यस बर्ष अर्घाखाँची जिल्लाबाट ७७ वटा सामुदायिक बिधालय ६ वटा संस्थागत बिधायलय र १ खुल्ला बिधालय गरि ८४ वटा बिधालयका बिधार्थीहरु परिक्षामा सहभागी हुन लागेका छन् ।

SEE exam in physical attendance after two years (Photo Feature)

परिक्षामा नियमित तर्फ छात्रा १ हजार ५ सय ४८ छात्र १ हजार ३ सय ७० गरि जम्मा २ हजार ९ सय १८ जना ग्रेड वृद्धि तर्फ छात्र २७ छात्रा २७ गरि जम्मा ५४ नियमित र ग्रेडवृद्धि गरि जम्मा २ हजार ९ सय ७२ जना जना बिधार्थीहरु सहभागी  छन् ।

परिक्षामा जिल्लाभरबाट ३ जना बिधार्थी उक्त परिक्षामा सहभागी हुन अयोग्य भएका छन् । जनजागृती माबि सिद्धाराका २ जना र लापे माबि लापेका १ जना बिधार्थीहरु ७५ प्रतिशत हाजिरी नभएका कारण परिक्षा दिन बाट अयोग्य भएको एकाई कार्यालयले जनाएको छ ।

सोही बिधार्थी संख्या मध्ये प्राबिधिक धारका शान्ती माध्यमिक बिधालय बाँगीका १८ जना कम्प्युटर ईन्जिनियरिङ्ग,बिरेन्द्र माबि मरेङ्गका २१ जना ईलेक्ट्रिकल इन्जिनियरिङ्ग,हरिहर मावि पोखराथोकका १६ जना बाली बिज्ञान,सरस्वती माबि भगवतीका १६जना सिभिल ईन्जिनियरिङ्ग,जनताकृष्ण माबि किमडाँडाका २४ जना बाली बिज्ञानका जम्मा छात्र ४४ छात्रा ६१ गरि कुल १ सय ५ जना बिधार्थीहरु समेत परिक्षामा सहभागी हुने जिल्ला शिक्षा बिकास समन्वय एकाई अर्घाखाँचीले जनाएको छ ।

जिल्लाका १७ केन्द्र र सोही बमोजिमका १७ जना केन्दाअध्यक्षहरु तोकिएको छ । जसअनुसार ज्योती मावि ठाडा शंकर अर्याल,सरस्वती मावि सीतापुर खुमप्रसाद बेल्वासे,युवाबर्ष रबिचित्र माबि सन्धिखर्क टेकराज आचार्य,सिद्धार्थ माबि हंसपुर राम बहादुर खड्का,कालिका नेरा माबि खन,भुवन प्रसाद खनाल, बिश्व मावि ढाकावाङ्ग गोपाल प्रसाद आचार्य,जनप्रिय माबि असुरकोट पुर्ण प्रसाद श्रेष्ठ,आदर्श माबि खनदह,भेषराज खनाल,महेन्द्र बिधावोध माबि बल्कोट दिनानाथ पराजुली,शिवमदन

माबि,अड्गुरी राजेन्द्र ,कमला माबि पाली गोबिन्दराज पन्थी,हरिहर मावि पोखराथोक बिष्णु प्रसाद पोख्रेल,सरस्वती माबि सुर्यथुम महेन्द्र श्रेष्ठ,जनज्योती माबि चुत्रावेसी माधवप्रसाद आचार्य,भगवती माबि शङ्खेटारी ध्रुबहादुर खत्री,अर्घाखाँची आवासिय मावि सन्धिखर्क,चोपनारायण बन्जाडे,गौरा मावि रजिया ठाडा कृष्ण प्रसाद शर्मा लाई केन्द्राध्यक्षको जिम्मेवारी तोकीएको छ ।

परिक्षा संचालनका लागी १७ केन्द्राअध्यक्ष ,२० सहायक केन्द्राअध्यक्ष १४८ जना निरिक्षक,सहायक कर्मचारी ३१ जना र ६० जना कार्यालय सहयोगिहरु तोकिएको समन्वय एकाई प्रमुख मनिराम पराजुलीले बताएका छन।