प्रतिनिधिसभा इलाम-२ : इलाम-२ को उपनिर्वाचनमा २० जनाको उम्मेदवारी दर्ता

spot_img

काठमाडौँ- वैशाख १५ गते हुने इलाम-२ को प्रतिनिधिसभाको उपनिर्वाचनका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार १२ दलका उम्मेदवार छन् भने ८ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, राप्रपाका लक्ष्मी गुरुङ, नेपाली जनता दलका रेशमबहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका मणिबहादुर लिम्बु, जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ, नेशनल रिपब्लिक नेपालबाट धनराज राना मगर, राप्रपा नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय जनमुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह र एकीकृत समाजवादीबाट जितबहादुर राई रहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरूमा अर्जुनबहादुर शाही, केशवकुमार चापागाई, डकेन्द्र सिंह लिम्बु, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल रहेका छन् ।

– एनपी

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"