लुम्बिनीका मुख्यमन्त्री महरा र तीन मन्त्रीले लिए शपथ

spot_img

लुम्बिनी । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

085421700434182455 391417127021027 2419286023318525873 n

यस्तै तीन मन्त्रीले पनि शपथ लिएका छन् । एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरले बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र पूर्व मुख्यमन्त्री लिला गिरिसहित सहभागी छन् ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"