नेपालमा चैत्र २७ गते पहिलो पटक औपचारिक रूपमा ज्योतिष दिवस मनाइने

spot_img

काठमाडौँ । यस वर्षदेखि पहिलोपटक औपचारिक रुपमा जोतिषः दिवस मनाइने भएको छ । चैत्रशुल्क प्रतिपदा अर्थात चैत्र २७ गते मंगलबार देशव्यापी रुपमा ज्योतिष दिवस मनाउन लागिएको हो ।

आइतवार नेपाल ज्योतिष परिषदले पत्रकार सम्मेलन गरेर नेपाल पंचांग निर्णायक विकाश समिति,विश्व ज्योतिष महासंघ,राष्ट्रिय महिला ज्योतिष संघ,नेपाल संस्कृत विश्व विद्यालय वाल्मिकी विद्यापिठ,ज्योतिष विभाग,दक्षिण एशियाली ज्योतिष महासंघको सहयोगमा विभिन्न कार्यक्रम गरेर ज्योतिष विज्ञानको गरिमा र यथार्थ बारे व्यापक चर्चा चलाउँदै ज्योतिष दिवस मनाइने जानकारी गराएको छ ।

नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले वर्ष लग्नकै आधारमा फलादेश गरिने हुँदा लंकामा पहिलो पटक सूयोदय भै सृष्टी प्रारम्भ भएको दिन चैत्र शुल्क प्रतिपदाका दिनलाई ज्योतिष दिवसका रुपमा मनाउने निर्णय गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार चन्द्रमा गणनाको मान्यताका आधारमा चैत्र शुल्क प्रतिपदाका दिन जुन बार पर्छ त्यसलाई वर्षकै राजा मान्ने चलन भएकाले यस वर्ष मंगल गृहलाई राजा रहनेछन ।

नयाँ वर्ष अर्थात वैशाख १ गते सूर्य गणना अनुसार शनिवार परेको हुनाले यस वर्षको मंत्री ग्रह शनि पर्न गएको छ। दिवस तोकिएको दिन निमको पात खाने दिनका रुपमा मानिंदै आएको प्रसंग जोड्दै अधिकारीले वर्ष भरिका दुख,कष्ट,दुष्कर्मलाई तितोको प्रतिक मानेर सबै बिध्न बाधा र अनिष्ट हटेर जाऊन भन्ने मान्यताकै आधारमा प्रतीकात्मक रुपमा निमको पात चबाउने चलन रहेको बताउनुभयो। हरेक दृष्टिकोणबाट उपयुक्त दिन भएकाले यस वर्षदेखि सुरु गर्न लागिएको ज्योतिष दिवसले भविष्यमा थप मान्यता पाउँदै लोकप्रियता हासिल गर्ने उहाँको भनाइ थियो ।

नेपाल ज्योतिष परिषदका अध्यक्ष माधवराज पाण्डेले सृष्टीको आरम्भ भएकै दिनलाई पहिलो आधार मानेर दिवस तय भएको उल्लेख गर्नुभयो। वसन्त ऋतुको आगमन हुने दिन,ज्योतिषीय गणना प्रारम्भ भएको दिन तथा वर्ष फल सुन्ने र सुनाउने दिनका रुपमा चैत्र शुल्क प्रतिपदालाई शास्त्रले पनि प्रमाणित गरेकाले यस दिनको महत्व उच्च रहेको जानकारी गराउनुभयो। वाल्मिकी विद्यापीठ,ज्योतिष विभाग प्रमुख डा धनेश्वर नेपालले मानव कल्याणका लागि विभिन्न तथ्य तथा बिधि पत्ता लगाउने वैदिक कालभन्दा पनि पूरानो  विज्ञान भएकाले ज्योतिषलाई ज्ञानको चक्षु मानिने बताउनुभयो ।

विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल,दक्षिण एशियाली ज्योतिष महासंघ अन्तराष्ट्रिय समितिका सभापति तथा पन्चाङ्ग निर्णायक विकास समितिका सदस्य आचार्य लक्ष्मण पन्थीले ज्योतिष शास्त्रको अपूर्व ज्ञानलाई संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्न,विधागत महत्व र उपादेयतालाई जना समक्ष ल्याउन र अन्तराष्ट्रियकारण गर्न दिवसले महत्व राख्ने कुरामा जोड दिनुभयो ।

images

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"

images