विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभाको बैठक वैशाख २ गते सम्मका लागि स्थगित

spot_img

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेस र अन्य विपक्षी दलहरु राप्रपा र लोसपाको विरोधका कारण प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध भएको छ । बैठक अवरोधपछि सभामुख देवराज घिमिरेले वैशाख २ गते सम्मका लागि स्थगित गरेका छन् ।

प्रतिनिधिसभामा कांग्रेसले सहकारी घोटालाको छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ । राप्रपाले मंगलबार आफ्नो पार्टीको प्रदर्शनमा भएको प्रहरी दमनको विरोधमा बैठकमा उभिएर अवरोध गरेको थियो । त्यस्तै राप्रपाले सहकारी घोटालाको पनि छानबिन गर्नुपर्ने माग गरेको थियो ।

बैठक सुरु भए लगत्तै दलका नेताहरूले आफ्नो धारणा राख्न सभामुखले समय दिएका थिए । धारणा राखेपछि प्रतिपक्षी दलका सांसदहरूले उभिएर अवरोध गरेका थिए । त्यसपछि सभामुखले बैठक स्थगित गरे ।