एसिसी मेन्स प्रिमियर कपः मलेसियाद्वारा नेपाललाई १४४ रनको चुनौती

एसिसी मेन्स प्रिमियर कपः मलेसियाद्वारा नेपाललाई १४४ रनको चुनौती

ओमानमा शुक्रबारबाट सुरु भएको एसिसी मेन्स प्रिमियर कपमा नेपाली टोलीको कमजोर फिल्डिङको मद्दतमा मलेसियाले १४३ रनको मध्यम स्कोर तयार पारेको छ।

तुलनात्मक रुपमा आफूभन्दा निकै बलियो नेपाली टोलीसँगको खेलमा मलेसियाले कप्तान विरानदीप सिंहको ७२म रनको मद्दतमा  निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १४४ रन जोडेको हो।

मलेसियाले सम्मानजनक स्कोर खडा गर्न नेपाली फिल्डरले साथ दिए। नेपाली टोलीले केही क्याच र बाउन्ड्रीहरू छोडेपछि मलेसियालाई टोलीले राहत पाएको थियो।