संसदको हिउँदे अधिवेशनको बैठक आजबाट अन्त्य हुँदै

spot_img

काठमाडौं । आज संसदको हिउँदे अधिवेशनको अन्तिम बैठक बस्नेछ । आइतबार बिहान ११ बजेका लागि प्रितिनिधिसभाको बैठक आह्वान गरिएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सरकारले आज रातिबाट संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको जनाएको हो ।

संसद बैठक बस्नु अघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा संभावित कार्यसूचीका बारेमा छलफल गरिने छ भने बैठकको अन्तिममा राष्ट्रपतिको अधिवेशन अन्त्यको पत्र पढेर सभामुखले सुनाउनु हुनेछ ।

उता नेपाली काँग्रेसले आजको संसद बैठक अवरोध गर्ने बताएको छ । गत चैत २८ गते बसेको बैठकमा काँग्रेसले नाराबाजी गरेपछि बैठक आज आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने काँग्रेसले जनाएको छ ।

 

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"