IPL मा हैदराबादले बनायो इतिहासकै सर्वाधिक योगफल

वैशाख, काठमाडौं । ट्रविस हेडको शतक र छक्काको वर्षासँगै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई २८८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

चिन्नास्वामी स्टेडियम बेंगलुरुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाउँदै २८७ रन बनायो ।

यो आईपीएल इतिहासकै उच्च योगफल हो । हैदराबादले यसै सिजनमा मुम्बईविरुद्ध बनाएको २७७ रनको आफ्नै कीर्तिमान तोड्दै नयाँ इतिहास लेखाएको हो ।

हेडले ४१ बलमा ९ चौका र ८ छक्कासहित १०२ रनको सानदार शतकीय इनिङ खेले । त्यसपछि हेनरिक क्लासेनले ३१ बलमा २ चौका र ७ छक्कासहित ६७ रनको विष्फोटक पारी खेलेका थिए । ओपनर अभिषेक शर्मा २२ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।