लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेता दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।

 लामो लफडाकाबीच अन्तत सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

बिहीबार एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको एमाले प्रदेश सांसद नरेश शाहीले जानकारी दिए ।

Laxmi sunrise bank

सोडारीले सत्तारुढ दलहरू नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको (कैलाश चौधरी पक्ष) को समर्थनमा दाबी पेस गरेका हुन् ।

Shivam Cement

यसअघि नागरिक उन्मुक्तिका तर्फबाट मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा पुन दाबी पेस गर्न भन्दै आज ५ बजेसम्मको समय दिएका थिए ।

Nabil bank