रुसी सेनामा कार्यरत नेपालीको जीवनरक्षाको माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन

 

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवनरक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबारको दक्षिण ढोकाअगाडि भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले रुसमा रहेकाहरुको जीवन रक्षा र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल गर्नुपर्ने, घाइतेको उपचार गर्नुपर्ने र बेपत्ताको स्थिति सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।