यूएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यु

युनाइटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक जना नेपालीको मृत्यु भएको छ।

 

आबुधाबीस्थित नेपाली दूतावासले यूएईमा आएको बाढीमा परी एक जना नेपालीको मृत्यु भएको जानकारी दिएको हो।

यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिकको बाढीमा परी भरतपुरका मोहन पुनको मृत्यु भएको दूतावासले जनाएको छ।

उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासको भनाइ छ।