नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको १६ औं साधारण सभा सम्पन्न ,क्रियाशिल् संचारकर्मी सम्मानित

अर्घाखाँची
प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको आधार ,सुरक्षित व्यवसायिक र मर्यादित पत्रकार भन्ने मुलनारा सहित नेपाल पत्रकार महाँसंघ अर्घाखाँची शाखाको १६ औं साधारण सभा सम्पन्न भएको छ ।

राष्ट्रको चौथो अंग रहेको पत्रकारले नितान्त स्वतन्त्र ,निष्पक्ष , सत्य तत्यमा आधारीत समाचार लेखनको बिकाश गर्नु पर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरूले जोड दिए । सामाजिक सन्जालको बिकास सगै मिडिया र रेडियो टेलिभिजनको अस्थित्व मेटिन थालेको प्रति उनिहरूले चिन्ता ब्यक्त गरे ।

पछिल्लो समय पत्रकारहरूले औपचारिक कार्यक्रमलाई भन्दा पनि खोज पत्रकारितालाई जोड दिनु पर्ने बताए । सडक बिजुली, खानेपानी मात्र बिकासका मेरूदन्ड होईनन् तर खोजमुलक मिडिया कन्टेन उत्पादन गर्न स्थानिय मिडियालाई प्राथमिकता दिएर स्थानिय सरकारले लगानी गर्नु पर्ने पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष वसन्त गिरीले जोड दिनु भयो ।

त्यस्तै शितगंगा नगरपालिकाका उपप्रमुख गिता भाटले जिल्लामा बसेर पत्रकारीता गर्ने साथीहरूले ग्रामिण क्षेत्रको अवस्था , समस्या , नागरिकको जनजिवन बुझ्न नसकेको प्रति दु:ख व्यक्त गर्नु भयो ।

May be an image of 10 people

सदरमुकाम केन्द्रित पत्रकारिताले केही दिन नसक्ने भन्दै पत्रकार ग्रामिण क्षेत्रमा पुगेर खोजमुलक कन्टेन तयार गर्न पत्रकारले जोड दिनु पर्ने वहाँले बताउनु भयो । मुलुकलाइ मार्गनिर्देशन दिने कलमनै हो तर सुदृढीकरण गरेर जिल्लाको बिकास र समृद्धिमा जनप्रतिनिधिलाई सचेत गराउनु पर्ने पुर्व राज्य मन्त्री सुसिला श्रीपालिले बताउनु भयो ।

May be an image of temple, dais and text that says '"प्रेस तथा अभिट्यकि स्वतन्त्रताको आधार सुरक्षित व्यवसायिक र मर्यादित पत्रकार नेपाल पत्रकार महासंघ अर्धाखांची शाखाको 9& औ साधारण सभा तथा T औ अधिवेशन मिति: २0८৭ बैशाख 0& गते स्थान: सन्धिखर्क नगरपालिकाको समा हल नेपाल पत्रकार महासंघ जिल्ला शाखा. अर्घाखांची'

कार्यक्रम महाँसंघका जिल्ला अध्यक्ष असोक खनालको अध्यक्षता , सचिव बिनोद गैरेको संचालनमा सम्पन्न कार्यक्रममा भुमिकास्थान नगरपालिकाका मेयर झबिलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे ,सन्धिखर्क नगरपालिकाका उपप्रमुख मिश्रा आचार्य ,प्रमुख जिल्ला अधिकारी सहित विभिन्न कार्यालयका प्रमुखहरू , पत्रकार महासंघका पुर्व अध्यक्ष बिष्णु भुसाल, हिम बहादुर लेकाली, शोभाखर पन्थी तथा विभिन्न मिडियामा आवद्व सन्चारकर्मीहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।

May be an image of 6 people, temple and text that says '"प्रेस तथা अमिष्यक्ति नेपाल स्वतन्त्रताको आधार सुरक्षित एवसारिक मयादित पत्रकार पत्रकार महासंघ अघ ची शाखाको ध्ारा घारात ि ત औ अ & न Uamt महारात ரன்ற் ၃ 반에'

साधारण सभाको अवसरमा महासंघ जिल्ला शाखाले तीन जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

May be an image of 5 people and dais