सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको ज्यान गयो, बेहुलासहित केही घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जान लागेको बा४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुलहासहित ५२ जना घाइते भएको जनाइएको छ । गम्भीर घाइते सात जनालाई सिन्धु अस्पताल पठाइएको छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

May be a graphic of text that says "अर्घाखाँची डट् कम् अर्घाखाची डट् कम् Arghakhanchi.com News for all from Everywhere SUBSCRIBE www.arghakhanchi.com"