युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौं । युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै युएई एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।

अल अमरेत मैदानमा नेपालले २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने भएपछि नेपालले सुरुआतमा ब्याटिङको निम्तो पाएको हो । नेपालको ओपनिङमा कुलश भुर्तेल र आशिफ शेख आएका थिए । तर कुशल भुर्तेल रोयल डक भए । उनी लगातार दोस्रो खेलमा शून्यमा आउट भएका हुन् ।