बेइमानहरु संग ईमानदारीताको प्रमाण देखाउदिन ! रबि लामिछाने

आज इलाममा पुगेर रवि लामिछानेको गर्जन : बेइमानहरुसँग म इमानदारिताको प्रमाण देखाउँदिन !

आज शुक्रबार ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् गृहमन्त्री रवि लामिछानेले आफूले बेइमानहरुसँग कहिल्यैपनि आफ्नो इमानदारिताको प्रमाण नदेखाउने बताएका छ्न । तर, आफूले इमानदारहरुसँग भने आफ्नो इमानको प्रमाण देखाउने उनको वचनबद्धता छ । इलामको उपनिर्वाचनविशेष चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्

उनले भने,‘मलाई पत्रिकामा के लेखिन्छ, थाहा छैन् ? यो देशको इतिहास लेख्न हिँडेको मान्छे हुँ । पत्रिका आज सकिन्छ, इतिहास भोलि लेखिन्छ । आजको पत्रिकाको हेडलाईनको चिन्ता होईन, भोलिको भविष्यको चिन्ता छ । तपाईंहरुले पत्रिकाको हेडलाईनको चिन्ता नलिनुहोस ।’ उनले यो देशलाई परिवर्तन गरेरै देखाउने हुटहुटी रहेको सुनाए ।