श्रीमतीको हत्या गरि घरमै खाल्डो खनेर शव लुकाउने श्रीमान् र देवर पक्राउ

धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन्। सात महिनाअघि श्रीमतीलाई हत्या गरि फरार रहेका श्रीमान् र देवरलाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेकाे हाे।

सहिदनगर नगरपालिका-७ नेमुवाटोलकी ५० वर्षीया रेखा देवी ठाकुरको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् ५५ वर्षीय सुदिप ठाकुर र ४० वर्षीय भाइ उदित ठाकुरलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रवक्ता एवम् डिएसपी रंञ्जन अवाले जानकारी दिए।

उनका अनुसार गत कात्तिक १० गते दाजुभाइ मिलेर रेखालाई हत्या गरी घरैमा खाल्डो खन्नी शव लुकाएर फरार भएका थिए। हत्यापछि उनीहरू भारतमा लुकीछिपी बस्दै आएका थिए। केही दिनअघि भारतबाट आएपछि घरको खाल्डोबाट शव निकालेर घरभन्दा पर रहेको नदी किनारको झाडीमा गाडेका थिए।

अन्य समाचारहरु