ईलाम २ मा पाँच हजार मतान्तरले सुहाङ अगाडि ।


ईलाम २ मा जारी मतगणनाकाे पछिल्लाे  परिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले झण्डै पाँच हजार मतान्तरसहितकाे अग्रता लिएका छन् ।

केही बेरअघि निर्वाचन आयाेगले सार्वजनिक गरेकाे परिमाणअनुसार सुहाङले १३ हजार ९ सय मत पाएका छन् । कांग्रेसका डम्बर खड्काले ८ हजार ९ सय १४ मत पाएका छन् । उनीहरू दुईबीचकाे फरक ४ हजार ९ सय ८६ छ ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमकाे मत ८ हजार २ सय ५० छ । दाेस्राे स्थानका खड्काभन्दा थेगिम ६ सय ६४ मतले पछाडि छन् ।

रास्वपाका मिलन लिम्बूले १ हजार ९ सय ४५ मत पाएका