पुरुषभन्दा धेरै बाँच्छन् महिला, ३० वर्षमा नेपालीको २१.५ वर्ष आयु थपियो

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को राष्ट्रिय जनगणनाका तथ्याङ्क र प्रतिवेदनहरूसहितको  ‘जनसांख्यिकीय सूचक’ र जनसाक्षरता पुस्तिका सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमबीच कार्यालयले जनसंख्याको आकार वितरण र वृद्धि मापन तथा प्रक्षेपण विधिसहित ४०० भन्दा बढी जनसङ्ख्या सूचकहरू सार्वजनिक गरेको हो।

जसअनुसार ३० वर्षमा नेपालीको २१.५ वर्ष आयु थपिएको छ । घट्दो जन्मदर र घट्दो मृत्युदर, स्वास्थ, शिक्षा, खानपान, यातायात आदिको सहजताले नेपालीको आयु थपिँदै गएको हो ।
नेपालीको बढ्दो आयुले ज्येष्ठ नागरिकको व्यवस्थापनमा चुनौती भने बढाउँदै लगेको कार्यालयले उल्लेख गरेको छ ।
केही विवरण
नेपालीको औसत आयु ७१.३ वर्ष
पुरुष : ६८.२ वर्ष
महिला : ७३.८ वर्ष
– एन्पी