आज मातातीर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन: जन्म दिएर सम्मान दिन नसक्ने छोराहरुलाई धेरै धेरै शुभकामना !!!

एक दिन होइन सधैं मातातीर्थ औशी लाई मानौँ
जन्म दिने आमालाई गाउँको झुपडि वृद्धआश्रम होइन आफ्नो साथमा राख्न जानौ ।।।

 -रामप्रसाद बन्जाडे , भारत।

भारत – ममताकी प्रतीक आमाको आशीर्वाद लिने र सम्मान गर्ने दिनका रुपमा वैशाख कृष्ण औंशीलाई मातातीर्थ औंशीका रुपमा मनाउने गरिन्छ। जन्म दिने आफ्नो आमालाई तिर्थ बराबर मान्नु पर्ने हाम्रो समाजले औंशीको दिन मात्र सामाजिक संजालमा तस्बिरलाई नियालेर देखावटी रुपमा गरेको देखिएको छ।

जन्म दिने आमालाई बर्षमा एकदिन उपहार, मिठो खानेकुरा, नयाँ कपडा आदि दिएर सामाजिक संजालमा आशिर्वाद लिए पनि जन्म दिने आमासँग भेट हुनको लागि गाउँको झुपडि या वृद्धआश्रम जानु पर्ने बाध्यता हाम्रो समाजमा देखिएको छ।

Mother's day being marked today - Digital Khabar - English

आमाप्रति सम्मान प्रकट गर्ने शहरीया बाताबरणमा रमाएका ति छोराछोरीहरुले सामाजिक सन्जालको माध्यमबाट समाजलाई माया देखाउनको लागि औशीको दिन जहाबाट भएपनि आमालाई साथमा राखेर मायाको देखाबट रुपमा प्रदर्शन गरेको हाम्रो समाजमा देख्न सकिन्छ।

आमा आएपछी आफुलाई स्याहार सुसार देखि सम्पूर्ण घरको काम गर्नको लागि कठिनाइ हुदा अलि धेरै पुजिपति बर्गका ब्यक्तीहरु सबारि साधनहरु प्रयोग गरेर समाज देखाउनको लागि गाउँठाउँ पुगेको देखिन्छ।

images

सधैं भरि छोराछोरीलाई दीर्घायु, सुस्वास्थ्यको आशिर्वाद देखि हामिलाई जन्म दिने हाम्री आमा आज हाम्रो खुसिको लागि ७०% बन्यजन्तुको बास भएको त्यहि गाउँमा कुटो कोदाली गर्दै रमाएको देख्दा पनि हाम्रो समाजले ब्याख्या गर्न सकेको छैन ।

आमा नभएकाहरुले आमा भएको भए कति माया गर्थे भन्दै समाजमा मायाको नाटक गरि परिबारलाई घुमाउने बाहानामा केहि मातातीर्थ कुण्डमा स्नान गरी आमाको सम्झनामा दान गर्ने भन्दै आफुलाई समाजसेवी रुपमा चित्रण गरेको वा ठानेको सामाजिक सन्जालमा देखिएको छ।

images

आमा सम्बन्धी केहि भनाइहरु छन् जुन एकदमै मन छुन्छ , आमा चाहे पढेको होस् वा अनपढ होस् तर संसारको सबैभन्दा बहुमुल्य ज्ञान आमाबाटै प्राप्त हुने गर्छ। त्यस कारण समाजलाई हामि ज्ञानि भएर मात्र दोष आरोप लगाउ हामिले दिएको ज्ञानले हाम्रा सन्तानहरुलाई भोलिका दिनमा सन्सार बदल्न सहयोग पुगोस।

images

एक दिन होइन सधैं मातातीर्थ औशी लाई मानौँ
जन्म दिने आमालाई गाउँको झुपडि वृद्धआश्रम होइन आफ्नो साथमा राख्न जानौ ।।।

   – लेखक :  रामप्रसाद बन्जाडे ,हाल भारत।

 

Nepal life insurance