वाङला : जनप्रतिनिधिले आफ्नो चुनावी वाचा पुरा नगर्दा र जिम्मेवार नहुँदा , खानेपानी आयोजना अलपत्र (तस्बिर सहित)

-डटकम सम्बाद्ददाता ।

सन्धिखर्क – सन्धिखर्क न पा ४ वाङलाका जनप्रतिनिधिहरुले स्थानिय चुनाव २०७९ मा जनता माझ राखेको ,चुनाबि वाचा “छापको बसेहाटारी लिफ़्ट खानेपानी” को करिब ९८% काम सम्पन्न हुदा प्राबिधिक पक्ष, बितिय पक्ष मिलाउन पहल नगर्दा उक्त खानेपानी आयोजना सन्चालनमा आउन सकेको छैन । उक्त खानेपानी आयोजनाको बिधुतिय ट्रार्न्सफर्मरको लागि जनप्रतिनिधिहरुले नेपाल बिधुत प्राधिकरणमा शसक्त आवाज उठाउन नसक्दा समस्या भएको छ।

 

उक्त खानेपानी आयोजनाको निर्माण कार्य करिव अन्तिम अबस्थामा रहेको छ। बिधुत ब्यबस्थापनको पक्षमा देखिएको कमजोरीले उक्त आयोजना पुरा हुन ढिलाई भएको छ। सन्धिखर्क न पा ४ को मिया गाउ , भक्ति टोल, टुनिपोखरा, देउराली डाडा, आदित्य पुरको लागि लुम्बिनि प्रदेस देखि बजेट बिनियोजन गरेर निर्माण कार्य थालिएको हो ।  यथेष्ट बजेट परेर पनि सामान्य प्राबिधिक पक्ष मिलाउन नसक्दा, आयोजना  सन्चालनमा नआउदा स्थानिय जनता आक्रोसित र असन्तुष्ट छ्न ।

 

चुनावको बेला भोट माग्दा यो लिफ़्टको खानेपानी सन्चालन गरेर वाङलाको दक्षिण भेगमा रहेको खानेपानी र सिचाइको लागि एक घर एक धाराको प्रबन्ध गर्छौ भन्ने जनप्रतिनिधिहरुको आस्वासन दुइ बर्ष हुदा पनि सन्चालनमा नआउदा जनता थप आक्रोसित बनेका छ्न ।

 

images

तसर्थ  सन्धिखर्क नगरपालिका ४ का  स्थानिय जनप्रतिनिधिहरु र यस खानेपानी आयोजनाका सन्चालन समितिका पदाधिकारीहरु थप जिम्मेवार भइ यथासक्य पहल गरेर यो खानेपानी आयोजना तत्काल  सन्चालनमा ल्याउनु पर्ने देखिन्छ ।

images

 

 

images