विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न ।

 

बुटवल- विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशको प्रदेश स्तरीय प्रथम अधिवेशन श्री कालिका मानव ज्ञान मा.वि. बुटवलमा २०८१ साल असार १५ गते विज्ञान शिक्षक समाज नेपालका वरिष्ठ केन्द्रीय उपाध्यक्ष विकास गौतमको प्रमुख आतिथ्य तथा विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशका संयोजक यमनाथ पौडेलको सभापतित्वमा सञ्चालन भएको थियो ।

May be an image of 7 people, people studying, dais and text

उक्त कार्यक्रमका विशिष्ट अतिथिमा शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका एकाइ प्रमुख माधव बन्जाडे, विज्ञान शिक्षक समाज नेपालका सचिव मनोज आचार्य, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख तथा श्री कालिका मानव ज्ञान मा.वि. बुटवलका पूर्व प्रधानाध्यापक घनश्याम पाठक, नेपाल फिजिकल सोसाइटी

May be an image of 5 people, dais and text

लुम्बिनी प्रदेशका अध्यक्ष डा. अनन्त पन्थी, शिक्षक महासङ्घ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने, अतिथिहरुमा श्री कालिका मानवज्ञान मा.वि.का प्रधानाध्यापक दिनेश थापा, प्रविधिमैत्री शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष युवराज तिवारी, स्टान केन्द्रीय सदस्य कृष्ण के.सी. नेपाल एस्ट्रोनोमिकल सोसाइटी लुम्बिनी प्रदेशका कोर्डिनेटर मुक्तिनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमको सञ्चालन राजन पौडेलले गर्नुभएको थियो । उक्त कार्यक्रममा कालिका मानवज्ञान मा.वि.का प्रधानध्यापक, बुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठक, शिक्षक महासङ्घ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने, प्रविधिमैत्री शिक्षक समाज नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष युवराज तिवारी, शिक्षा

May be an image of text

विकास तथा समन्वय एकाइ रूपन्देहीका प्रमुख माधव बन्जाडे तथा स्टानका सचिव मनोज आचार्यले विज्ञान शिक्षा समाजले विज्ञान विषयको क्षेत्रमा विभिन्न उपलब्धिमूलक काम गर्नुपर्ने तथा विज्ञानलाई नवपर्वतन र प्रविधिमा जोड दिने, विज्ञानलाई व्यवहारिक बनाउनु पर्ने लगायतका आफ्ना धारणाहरु राख्दै अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गर्नु भयो।

images

May be an image of 4 people and people studying

उक्त कार्यक्रममा एस्ट्रोनोमिकल सोसाइटीले आयोजना गरेको एन जी एस ओ मा प्रथम हुन सफल कालिका मानव ज्ञानका छात्र दिपेश भट्टराइले एस्ट्रोनोमीको बारेमा आफ्नो प्रस्तुति गर्नुभएको थियो। फिजिकल सोसाइटीका अध्यक्ष डाक्टर अनन्तपन्थीले भर्चुअल साइन्स ल्याबको बारेमा आफ्नो प्रस्तुति गर्नुभएको थियो।

images

उक्त कार्यक्रममा प्रत्येक जिल्लाबाट सबैभन्दा पहिला विज्ञान शिक्षण गर्ने शिक्षकहरु, एसएमटी एसएमटी विज्ञान शिक्षक, युनेस्को नेपालको आयोजनामा विज्ञान शिक्षक समाज नेपाल लुम्बिनी प्रदेश तथा राष्ट्रीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रथम हुने बर्दियाका प्राञ्जल ज्ञवाली र कपिलबस्तुका अनुसन्धान पोखरेललाई प्रमाणपत्र दिइएको थियो। विज्ञान शिक्षक समाज नेपालका १२ वटै जिल्ला संयोजकहरु जिल्ला संयोजक तथा अध्यक्षहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो।

images

May be an image of 5 people and text

२०८१ असार १५ गते शनिबार श्री कालिका मानव ज्ञान माध्यमिक विद्यालय बुटवलमा विज्ञान शिक्षक समाज नेपाल (STAN) लुम्विनी प्रदेशको प्रथम प्रदेश अधिवेशन यामनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भयो ।

लुम्बिनी प्रदेशको कार्य समिति गठन गरियो।

1. अध्यक्ष : यमनाथ पौडेल (बाँके)
2. उपाध्यक्ष:दिपक बन्जाडे (रूपन्देही)
3. उपाध्यक्ष: मान बहादुर बस्नेत (दाङ)
4. सचिव : मेघराज पौडेल (प्युठान)
5. सह सचिव : राजन पौडेल (पाल्पा)
6. कोषाध्यक्ष – आशा रजौरे (बर्दिया)
7. सह कोषाध्यक्ष : केशवराज पराजुली (गुल्मी)
8. पदेन सदस्यहरू (जिल्ला अध्यक्षहरू):
जनक बस्याल (अर्घाखाँची)
कपिल कुँवर (पाल्पा)
नारायण पराजुली (बर्दिया)
नेत्रलाल भट्टराइ (रोल्पा)
रामसुरत यादव (दाङ)
यमनारायण धिताल (बाँके)
मणी ज्ञवाली (गुल्मी)
माधव घिमिरे (कपिलबस्तु)
कमल अर्याल (नवलपरासी पश्चिम)
चन्द्र बहादुर मल्ल (रुकुम पूर्व)
सदस्यहरू:
टेक बहादुर राहाडी (गुल्मी)
नारायण वहादुर कुँवर (पाल्पा)
सन्तोष कुमार केसी (अर्घाखाँची)
रूपा थापा (रुपन्देही)
पारसमणी आचार्य (बाँके)
केशवराज पन्डित (प्युठान)
अर्जुन कुमार न्यौपाने (दाङ)
खेमराज तिवारी (रोल्पा)
केन्द्रीय प्रतिनिधि : #थानेश्वर आचार्य (दाङ)

Nepal life insurance