पर्यटकिय सेङलेङमा व्यवसायिक चियाखेतीः ३८ रोपनीमा ३२ हजार बिरुवा रोपियो (तस्बिर सहित)

 

-गोपाल प्रसाद भट्टराई।

अर्घाखाँची। अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१०, सेङलेङको  लालीगुराँस देउराली सामुदायिक वनमा व्यवसायिक चियाखेती सुरु गरिएको छ ।

बनमाराले अन्य जडिबुटी तथा घाँस समेत सखाप बनाइदिएपछि बनमारा हटाएर समुदायले चिया लगाएको हो ।

May be an image of 1 person, longan and grass

अर्घाखाँचीमै पहिलो पटक सेङलेङमा व्यवसायिक चियाखेती थालिएको स्थानियले बताएका छन् । पूर्व कृषि मन्त्री वेदुराम भुसालद्धारा बिनियोजित बजेट र भूमिकास्थान नगरपालिकाको समन्वयबाट सामुदायिक वनको २१ र निजि तर्फ १७ गरि ३८ रोपनी क्षेत्रफलमा ३२ हजार चियाका बिरुवा रोपिएको लालीगुराँस देउराली सामुदायिक वनका अध्यक्ष गिर बहादुर नेपालीले जानकारी दिनुभएको छ ।

May be an image of 4 people and fog

समुद्री सतहदेखि २ हजार मिटर भन्दा बढि उचाइमा रहेको सेङलेङमा भूमिकास्थान नगरपालिकाले पर्यटन हबको रुपमा विकास गर्नेगरि काम समेत थालेको छ ।

May be an image of 2 people, motorcycle and grass

प्राकृतिक रुपमा मनमोहक वाताबरण रहेको उक्त स्थानमा चियाको बगान तयार भएपछि पर्यटकको आकर्षण थप बढेर जाने भूमिकास्थान नगरप्रमुख झविलाल थापाले बताउनुभएको छ । “हामीले भूमिकास्थानलाई कृषि, पर्यटन, उद्योग र ब्यापारको माध्यमबाट आर्थिक समृद्धि र आत्मनिर्भर पालिका बनाउने योजना बनाएका छौं ।” नगरप्रमुख थापाले भन्नुभयो,“जसअनुसार कार्यक्रम लन्च भएका छन् ।

May be an image of 1 person, mountain, grass and fog

जसको ज्वलन्त उदाहरण सेङलेङको चिया खेती पनि हो ।” उहाँले थप्नुभयो, “कर्मशिल जनशक्ति मार्फत बाँझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट टोपी र झोला निर्माण, सेङलेङ होमस्टे सहित पालिकाभर व्यवसायिक पर्यटकिय क्षेत्रको विकास नै नगरपालिकाको रोजगारी, उत्पादन र समृद्धिका आधार

May be an image of 4 people and grass

हुन् ।” गत बर्षदेखि सुरु भएको कर्मशिल जनशक्ति परिचालन मार्फत बाँझो जग्गामा व्यवसायिक कृषि, मकैको पोष्कर र थाकलको पातबाट निर्माण हुने टोपी, झोला र विद्यालयमा पढ्दै कमाउँदै रमाउँदै कार्यक्रमले हरेक नगरबासीलाई नैतिकवान र कर्मशिल बनाउदै लग्ने नगरप्रमुख थापाको विस्वाँस छ ।

May be an image of 4 people

May be an image of 1 person, train and text

युवाहरुले देश छोडे भन्ने चिन्ता गर्नु भन्दा पहिला स्वदेशमै बस्ने वातावरण बनाउन सबै पक्ष एक भएर लाग्नुपर्नेमा नगरप्रमुख थापाको जोड रहेको छ ।

May be an image of 1 person, panda and fog

स्थानियको जागरुकता र सामुहिक एकता देख्दा अर्घाखाँचीमै पहिलो चिया पकेट कार्यक्रमको रुपमा सेङलेङमा चिया खेती सफल हुनेमा आफु विस्वस्त रहेको भूमिकास्थानका कृषि शाखा प्रमुख राम बहादुर थापाको भनाई छ । “बनमारा हटाएर चिया खेती लगाएका छौं, यसलाई प्रवद्र्धन गर्दै पर्यटकलाई आकर्षण गर्नेगरि बगान बनाउने सोंचमा रहेका छौं ।’’ सेङलेङ होमस्टेका अध्यक्ष हिमनाथ खनालले भन्नुभएको छ ।

May be an image of 4 people and fog

भूमिकास्थानको सेङलेङ गाउँ शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जैविक विविधताले सम्पन्न नमूना गाउँ हो । जहाँबाट मनोरम हिमश्रृङखला, अग्ला पहाड देखि बेशी सम्मका रोचक दृश्य देख्न र चिसो मौसमको आनन्द लिन सकिन्छ ।

May be an image of 4 people and fog

पछिल्लो समय बढ्दै गएको गर्मि र मानविय उकुसमुकुसमा प्राकृतिक मनोरमपूर्ण सेङलेङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको थलो बन्न थालेको छ ।

No photo description available.

चैतेदशैंमा सराँय नाँच सहितको मेला लाग्ने बराहदेवीको मन्दिर, सेङलेङ दह, पाथिभरा मन्दिर, सेङलेङ दह, चौर, नजिकै रहेको मसिनाको लेक, मृगस्थली झरना, सिद्धगुफा पर्यटकिय आकर्षणको रुपमा रहँदै आएका छन् भने अब बन्ने चिया बगान पनि पर्यटकिय रोजाइमा पर्ने आँकलन गरिएको छ ।

 

May be an image of 1 person, longan and grassMay be an image of 4 people and grassMay be an image of 2 people and spring greens