उच्च जोखिम क्षेत्रमा असोज ११ र १२ गते रात्रिकालीन गाडी नचलाइने, ‘हाइ अलर्ट’मा रहन सूचना जारी

Open photo

 

काठमाडौँ : आजदेखि मौसम बदली भई भारी वर्षाका हुने र त्यसबाट देशका ५६ जिल्ला उच्च जोखिममा रहेको सूचना जारी भएलगत्तै असोज ११ र १२ गते उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा रात्रीकालीन बस नचलाइने भएको छ।

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विशेष सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।

जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिम भनेर तोकिएका ५६ जिल्लामा विपद्का घटना बढ्न सक्ने भएकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णयअनुसार धान नकाट्न, काटिसकेको भए तत्काल थन्क्याउन पनि प्राधिकरणले अनुरोध गरेको छ। त्यस्तै तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न पनि आग्रह गरिएको छ।

पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान प्राधिकरणले सार्वजनिक अपिल गरेको छ।

खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहन, यस अवधिभर अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, बादल गर्जेको र चट्याङ् परिरहेको बेला रुखमुनि, बलेनीमा वा घरबाहिर नबस्न, तथा पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रही अलर्टमा रहन पनि सूचित गरिएको छ।

images

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बधवार विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै  बिहीवारदेखिको वर्षाले ५६ जिल्ला रेड जोन (उच्च जोखिम)मा रहेको जनाएको छ। वर्षा हुने प्रणाली नै लम्बिएको छ।

Forecast of heavy rain: Authority's appeal not to run buses on Friday and Saturday night

images

बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण भोलि दिउँसोदेखि असोज १३ गते आइतवारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा हुने जनाइएको छ।

यी हुन् उच्च जोखिममा परेका जिल्ला 

images

Forecast of heavy rain: Authority's appeal not to run buses on Friday and Saturday night

 

Nepal life insurance