अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र

Open photo

अफ्रिका, २४ असोज । संयुक्त राष्ट्र बाल एजेन्सीका अनुसार विश्वभरी आठमध्ये एक बालिका र युवतीले बलात्कार र यौन हिंसा सहेका छन्, जसमा सबैभन्दा बढी पीडित उप(सहारा अफ्रिकामा रेकर्ड गरिएको छ।

युनिसेफले बालबालिका विरुद्धको यौन हिंसा सम्बन्धी आफ्नो पहिलो विश्वव्यापी अनुमान प्रकाशित गरेको छ, द्वन्द्व र असुरक्षाले ग्रस्त उप सहारा देशहरूमा ७९ मिलियन केटीहरू बलात्कृत हुने गरेका छन । जुन संख्याको पाँच मध्ये एक १९ वर्षको उमेर नपुग्दै यौन दुर्व्यवहार वा बलात्कारको अनुभव गरेको छ।

‘यो डरलाग्दो छ,’ केन्याको नैरोबीमा रहेको युनिसेफका बाल हिंसा विशेषज्ञ नन्काली मकसुदले भने, ‘यो पुस्ताको आघात हो।’ यौन दुव्र्यवहारको आघात भोगेका केटीहरू प्रायः विद्यालयमा सिक्न असमर्थ थिए, उनले भनिन्।

युनिसेफको अनुमान छ कि विश्वव्यापी रूपमा  यौन हिंसाले लगभग ३७० मिलियन अर्थात ८ मध्ये एक केटी र युवतीहरूलाई असर गरेको छ।

बुधवार प्रकाशित एजेन्सीको रिपोर्ट अनुसार अनलाइन वा मौखिक दुर्व्यवहार जस्ता यौन हिंसाका गैर सम्पर्क प्रकारहरूलाई ध्यानमा राख्दा संख्या ६५० मिलियन वा पाँच मध्ये एकमा पुग्छ।

 

images

 

images