५११ औँ दिव्य धर्म यज्ञ दिवसमा १३ नव जोडीहरुको दाइजोमुक्त सामुहिक अन्तरजातिय विवाह(रमैणी) सम्पन्न।

राजेश श्रेष्ठ।

धनुषा – समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत मदेश प्रदेशमा १३ नव जोडीको दाइजोरहित सामुहिक विवाह गराइएको छ।

धनुषा जिल्लाको मिथिला न.पा. – २ बेलाचापी स्थित सतलोक आश्रम धनुषामा ५११ औं दिव्य धर्म यज्ञ दिवस यस वर्ष पनि भव्यताका साथ मनाईंदै छ। ५११ औं दिव्य धर्म यज्ञ दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा यहि कार्तिक २९ देखि मंसिर १ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रमको आज दोस्रो दिन कार्तिक ३० गते शुक्रबार विभिन्न किसिमका समाज सुधारका कार्यक्रमहरु गरियो। समाज सुधारक सन्त रामपालजी महाराजको निर्देशअनुसार हरेक वर्ष दिव्य धर्म यज्ञ दिवस मनाउने गरिएको आयोजकले जनाएका छन् ।

सन्त रामपालजी महाराजको पावन सान्निध्यमा आदरणीय सन्त गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको पाठ जारी राख्दै १३ नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको छ। यस विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन हुँदैन भने कुनै पक्षको एक रुपैयाँ पनि खर्च हुँदैन। सर्व आगन्तुकहरुलाई खाने बस्ने व्यवस्था आश्रम कै तर्फबाट विशाल भन्डारामा गरिएको थियो।

मात्र १७ मिनेटको गुरुवाणी द्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी तीनै देवीदेवताहरुको साक्षीमा लाखौं व्यक्तिहरुसामु उक्त विवाह सम्पन्न भएको थियो। यस्ता विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ।

समाजबाट दाइजोरुपी राक्षसलाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यो विवाह गराइएको जानकारी आयोजकले जनाएका छन् । यस्ता विवाहले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको र समाज परिवर्तित भैरहेको जानकारी पनि आयोजकले गराएका छन् ।

images

आफ्नो गुरुबाट प्राप्त ज्ञानमा आधारित रहेर मानवसेवाको भावना दर्शाउँदै अनुयायीहरुले यस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीलाई युनिट १६५ युनिट रक्तदान पनि गरेका छन् ।

images

कार्यक्रममा नेपाल प्रहरी मधेस प्रदेशका डिआईजी लगायत सुरक्षा निकायका उच्च अधिकारीहरु, विभिन्न न.पा. का मेयर तथा वडा अध्यक्षहरु,विभिन्न निकायका प्रमुख कर्मचारीहरु, डाक्टर तथा इन्जिनियरहरु लगायत गणमान्य व्यक्तित्वहरुको बहुसंख्यामा सहभागीता रह्यो। कबिर साहेबले आज भन्दा ५११ वर्ष पहिले काशीमा १८ लाख साधु सन्तहरुलाई ३ दिन सम्म सतलोकबाट ल्याइएको मोहन भण्डारा गराएर प्रत्येक व्यक्तिलाई हरेक पटक भोजन गर्दा एउटा कम्बल र एउटा सुनको सिक्का पनि दिनुभएको थियो। काशीमा गरीब जुलाहाको जीवनलीला गरिरहनुभएको कबीर परमात्माले कसैले पनि गर्न नसक्ने यो अद्भुत चमत्कार गर्नुभएको थियो। त्यतिबेलाको पुरै घट्नाहरु चित्रण गर्ने आध्यात्मिक प्रदर्शनिहरु पनि उक्त कार्यक्रममा लगाइएको थियो । आश्रमको सर्व व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनलाई देखेर सबैले हृदय देखि नै कार्यक्रम आयोजकका साथै सन्त रामपालजी महाराजको प्रशंसा गरेका छन् । यस्ता कार्यक्रम, व्यवस्थापन र अनुशासन त राज्यले नै अनुशरण गर्नुपर्ने किसिमको नमुना रहेको कुरा अतिथीहरुले बताएका छन् ।

images

विशाल भण्डारामा शुद्ध घ्युमा बनेका लड्डु,जेरी,बर्फि तथा हलुवा प्रसादका साथै पूरी, शब्जी,सलाद, दाल, भात, अचार आदीको व्यवस्था गरिएको छ।

जुनसुकै व्यक्ति पनि कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति धेरै सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई नि:शुल्क भोजन भण्डारा गराउने तयारी रहेको आयोजकले बताएका छन्।

यसका साथै धेरै भन्दा धेरै संख्यामा आम जनसाधारणलाई कार्यक्रममा सहभागी हुन पनि आमन्त्रित गरिरहेको छ। तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न हुने कुरा आयोजकले जनाएका छन् । कार्यक्रमको पहिलो र दोस्रो दिन गरी करीब ४ लाख जति श्रद्धालुहरुको उपस्थित रहेको थियो।

 

Nepal life insurance