एनपीएलको खेल तालिका सार्बजनिक (तालिकासहित)

 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्ने भएका छन्।  नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार एनपीएलको उद्घाटनका दिन एक खेल मात्र हुनेछ। अन्य दिनमा दुई खेल हुनेछ। मंसिर १५ गते शनिबार हुने उद्घाट खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ।

मंसिर १७ गते दुई खेल हुनेछ। लिगको दोस्रो दिन १७ गतेको पहिलो खेलमा काठमाडौँ गुर्खाज र चितवन राइनोज सोही दिनको अर्को खेलमा जनकपुरले कर्णाली याक्ससँग खेल्ने तालिका छ। त्यस्तै १८ गते सुदुरपश्चिम रोयल्स र विराटनगर तथा चितवन राइनोज् र पोखरा एभेन्जर्स खेल्नेछन्। पुष १ गते १ खेल मात्र हुनेछ।

लिग चरणको खेलपछि अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन्। शीर्ष र दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायर्स खेल खेल्नेछन्। पहिलो क्वालिफायर्सको विजेताले सिधै फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले भने दोस्रो क्वालिफायर्स खेल्ने मौका पाउनेछ।

एलिमिनेटरको विजेता टोली र क्वालिफायर्समा पराजित हुने टोलीले दोस्रो क्वालिफायर्स खेल्नेछन्। सो खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ। फाइनल खेल पुष ६ गते हुनेछ।

मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म हुने एनपीएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

खेल तालिका: 

images

 

images