एनपीएलकाे आजकाे पहिलाे खेलमा कर्णाली र काठमाडौं भिडदैँ

 

काठमाडौं  । आज नेपाल प्रिमियर लिग (एनपीएल) को छैटौं र सातौं खेल हुदैँछ । आजको पहिलो खेलमा काठमाडौं र कर्णालीका बिचमा प्रतिस्पर्धा हुदैँछ । त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुदैँछन् । सो खेल बिहान ९ः१५ बजेवाट सुरू हुनेछ ।

जनकपुर बोल्टससँग पराजित भएर आएको कर्णाली याक्स र चीतवन राइनोजसँग पराजित भएर आएको काठमाडौं गोर्खाज बिच पहिलो पटक प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

एनपीएल गत शुक्रवारवाट सुरू भएको थियो । हिजोको खेलमा पोखरालाइ हराउँदै चितवन राइनोज र बिराटनगरलाइ हराउँदै सुदुरपश्चिम बिजयी भएको थियो ।

आज हुने पहिलो खेलमा कर्णालीवाट सोमपाल कामीले नेतृत्व गर्नेछन भने काठमाडौं गोर्खाजको नेतृत्व करण केसीले नेतृत्व गर्दैछन् ।

images

एनपीएलको विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउने भएको छ । एनपीएलको उद्घाटन कार्यक्रममा विजेता टोलीले १ करोड ११ लाख रुपैयाँ पाउनेछन् भने  प्रतियोगिताको उपविजेताले ५० लाख, तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ।

 

images

काठमाडौं गुर्खाज

करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इंग्ल्यान्ड), स्टेफन इस्किनाजी (इंग्ल्यान्ड),  ड्यान डौथवेट (इंग्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स),  जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक)।

images

 

कर्णाली याक्स 

सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, शिखर धवन (भारत), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्ट इन्डिज), जीशान मक्सुद (ओमान),  विपिन शर्मा (आइकोनिक)।

 

Nepal life insurance