नेपाल प्रिमियर लिग (एनपीएल) बुहप्रतिष्ठित फाइनल : एनपीएल फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै, को बन्ला पहिलो च्याम्पियन?

 

काठमाडौं, पुस ६ : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बुहप्रतिष्ठित फाइनल आज हुँदैछ।

फाइनल कीर्तिपुरस्थित टियूमा दिउँसो १२ः३० बजे हुनेछ। ज्समा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टस भिड्दै छन्।

लिगमा शीर्ष स्थानमा रहँदै क्वालिफाफरमा पुगेको सुदूरपश्चिमले फाइलन पुग्ने क्रममा पहिलो क्वालिफारमा जनकपुरलाई हराएको थियो। यता, लिगमा दोस्रो भएको क्वालिफायरमा पुगेको जनकपुरले दोस्रो क्वालिफायरमा कर्णाली याक्सलाई हराउँदै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो।

प्रतियोगितामा सुदूरपश्चिम र जनकपुर तेस्रो पटक भीड्न लागेका हुन्। यसअघिका दुवै भीडन्तमा सुदूरपश्चिम पूर्ण रुपमा हावी भएको छ।

प्रतियोगिताको सबैभन्दा बलियो र लयमा रहेको टिम हो, सुदूरपश्चिम। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरश्चिम सन्तुलित टिम हो। जहाँ अलराउन्डरको बाहुल्यता छ।

जहाँ बल र ब्याटबाट उत्तिकै योगदान दिन सक्ने दीपेन्द्रसँगै इशान पाण्डे, हर्मित सिंह, ब्रान्डन म्याकमुलेन, स्कट कुगेलेइनजस्ता खेलाडी छन्। उसको बलिङ र ब्याटिङ उत्तिकै बलियो।

images

यता, उत्कृष्ट सुरुआत गर्दै बलिङको बलमा फाइनल यात्रा तय गरेको जनकपुर फाइनलमा सुदूरपश्चिमलाई माथ दिने दाउमा छ। ऊ दुई पटकको हारको बदला लिने सुरमा छ।

images

तर, त्यसका लागि उसको टप अर्डरले रन बनाउनु पर्नेछ। सुरुआती केही खेलमा उत्कृष्ट देखिएको जनकपुरको टप अर्डर पछिल्ला केही खेलमा असफल देखिएको छ। त्यसको असर उससको प्रदर्शनमा देखिएको छ।

images

यदि जनकपुरले उपाधिमा आफूलाई बलियो दाबेदारका रुपमा प्रस्तुत गर्ने हो भने उसको टप अर्डरले रन बनाउनु जरुरी छ। जसमा लहिरु मिलन्था र आसिफ सेखको ब्याट चल्नु आवश्यक छ। मध्यक्रममा सदाबहार जिमी निशम त छँदैछन्।

उसको बलिङ भने सबैभन्दा बलियो पक्ष हो। जसमा स्पिनरमा ललित राजवंशीसँगै शेर मल्ल, मोसिन खान र हर्ष थाकर छन्, फस्ट बलिङमा किशोर महतो र जिमी निशम छन्।

 

Nepal life insurance