रास्वपाको कार्यबहाक सभापतिको जिम्मेवारी अर्याललाई

 

काठमाडौं, ८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई  दिएको छ ।

केन्द्रिय कार्यालय, बनस्थलीमा जारी आकस्मिक सचिवालय बैठकले अर्याललाई कार्यबहाक सभापतिको जिम्मेवारी दिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल

सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो, जस पछि बोलाइएको बैठकमा लामिछानेको अनुपस्थितिमा पार्टीको काम कारबाही अघि बढाउन अर्याललाई कार्यबहाकको जिम्मेवारी दिइएको हो ।

सरकारी वकिल कार्यालय, कास्कीले रबि माथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ । जसका कारण उनी अझै हिरासत मुक्त हुने वा नहुने टुंगो नभए पछि अर्यालले सो जिम्मेवारी पाएका हुन ।

आजवाट जिल्ला अदालत कास्कीमा लामिछानेको बयान सुरु भएको छ ।

images

 

images

अन्य समाचारहरु