अखिल क्रान्तिकारीको उमेर हदको विवाद टुंग्याउन प्रत्यक्ष निर्वाचन हुने

 

 

काठमाडौं : माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको नेतृत्वका लागि ३२ वर्षे उमेर हदको विवाद टुंगो लगाउन प्रत्यक्ष निर्वाचन हुने भएको छ।

माओवादीका नेता एवं विद्यार्थी इञ्चार्ज हिमाल शर्मासहित विद्यार्थी नेताहरुको बैठकले उमेर हदबारे निर्वाचनमा गर्ने सहमति गरेको हो।

अखिल क्रान्तिकारीको असोज दोस्रो राष्ट्रिय सम्मेलन भइरहेका बेला उमेर हद विवाद उत्कर्षमा पुगेको सम्मेलन बीचमै स्थगित भएको थियो।

उमेरहद विवाद समाधानका लागि पुस १३ गते मतदान हुने बताइएको छ।

कार्यतालिका अनुसार पुस १० गते मतदाता नामावली प्रकाशित, पुस ११ गते देखि १२ गते बिहान १० बजेसम्म मतदाता नामावली उपर दाबी–विरोध, पुस १२ गते ५ बजेपछि अन्तिम मतदाता नामावली प्रकाशित र पुस १३ गते बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने तालिका छ।

images

मतदानका लागि भूगोल र गैरभूगोल गरी ८६ वटै जिल्लाहरुमा केन्द्र तोकिएको छ। पुस १४ मा अन्तिम परिणाम प्रकाशन हुनेछ।

उमेर हदको विवाद टुंगो लागेपछि केन्द्रीय पदाधिकारीको निर्वाचन हुनेछ । केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन पुस १७ मा तोकिएको छ।

images

 

images

अन्य समाचारहरु