कारबाही निर्णयविरुद्ध उत्रन एमाले कार्यकर्तालाई भीम रावलको अपिल

‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु।’

 

काठमाडौं, पुस ११ : नेकपा एमालेबाट निष्कासन गरिएका नेता भीम रावलले निर्णयको विरोधमा उत्रन अपिल गरेका छन्।

विहीबार सामाजिक सञ्जाल एक्समार्फत् रावलले उक्त अपिल गरेका हुन्। रावलले एक्समा भनेका छन्, ‘सबै देशभक्त, न्यायप्रेमी, सुशासन, सुनिश्चित प्रणाली तथा जनताको समृद्धि र उज्यालो भविष्यप्रति प्रतिबद्ध इमान्दार पार्टी कार्यकर्ता र जनसमुदायले केपी ओलीको अन्यायपूर्ण निर्णयको विरोध गर्नेमा म विश्वस्त छु।’

रावलले विरोधमा उत्रन एमाले कार्यकर्तासँगै गरेका हुन्। रावलले पार्टी सदस्यबाट आफूलाई हटाउने निर्णय पार्टी अध्यक्ष ओलीको सत्ताउन्माद, निरकुंश, स्वेच्छाचारी र तानाशाही निर्णय भएको दाबी गरेका छन्।

बुधबार बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । रावलले अर्को नयाँ पार्टी खोल्ने तयारी समेत गरेका छन्।

 

images

 

images

अन्य समाचारहरु