भीम रावलले स्पष्टीकरण पनि दिनु भएन, अनुशाषनहिन काम गरे पछि कारबाही: शंकर पोखरेल

 

काठमाडौं, १२ पुस। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भीम रावल पार्टी अनुशासनमा नरहेको कारण कारबाही गर्नुपरेको बताएका छन्।

शुक्रबार प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासन भित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताएका हुन् ।

पार्टी कार्यकर्ताले पार्टीका आधारभूत नम्सहरुलाई मान्नु पर्ने बताउँदै पोखरेलले रावल त्यस भित्र टिक्न नसकेको जिकिर गरे ।

रावल लामो समयदेखि पार्टी अनुशासन भन्दा बाहिर रहनु भएको पोखरेलले बताउँदै पोखरेलले चितवन अधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नुफभए पनि रावल पराजित भएको स्मरण गर्नु पर्ने जनाए ।

महाधिवेशनमा पराजित भएका सबैलाई सल्लाहकारमा मनोनीत गर्ने नीतिगत निर्णय पार्टीले गरेको भए पनि रावलले त्यसलाई नस्विकारेका कारण समस्या भएको उनको भनाई छ ।

images

सल्लाहकार नभएर बाहिर बसेर पार्टीको पक्षमा काम गर्न सकिने भए पनि रावल हरेक समय पार्टीको विपक्षमा उभिएको पोखरेलको भनाइ छ ।

‘हरेक पार्टीका निर्णय र नीतिका विपक्षमा क्याम्पियन चलाएर हिँडेपछि पार्टी सदस्य हो भनिरहन मिल्छ र ? त्यस अर्थमा रावलजीलाई हामीले निकालेको होइन, रावलजी आफैँ निक्लिएको हो भन्ने बुझ्नु पर्दछ’, उनले भने ।

images

एमाले विकल्प दिन सबैलाई कानुन र संविधानले अनुमति दिएको बताउँदै उनले तर एमाले हो भने एमालेको विधि विधान र अनुशासनमा बस्नु पर्ने प्रष्ट पारे ।

images

संसद् भित्रको संसदीय ह्विप उलङ्घन गरेकै दिनबाट भीम रावलले एमाले छाडि सकेको जनाउँदै पोखरेलले  एमालेले उहाँलाई सुध्रिने अवसर दिएको भए पनि नसुध्रिएको पोखरेलको धारणा छ ।

रावल आफू नेतृत्वमा रहेको ठाउँमा अरूलाई जङ्गी शासन लगाउने भए पनि आफू भने अनुशासनमा नबस्ने प्रवृत्तिको नेता भएको पोखरेलको टिप्पणी छ ।

‘आफू जिम्मेवारीमा रहँदा जङ्गी अनुशासन लगाउने मान्छे, आफू चाहिँ जिम्मेवारीमा बस्नु पर्दैन ?’, पोखरेलले प्रश्न गरे ।

Nepal life insurance

पार्टीले स्पष्टीकरण सोध्दा समेत त्यसलाई रावलले बेवास्ता गर्नुभएको पोखरेलले बताए। त्यसको अर्थ उहाँले पार्टी छाडिसक्नु भएको पोखरेलको जिकिर छ।

अन्य दुई जना नेताहरूलाई गरिएको निलम्बन भने सचेत गराइएको मात्र उनले स्पष्ट पारे। निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै पार्टी भित्रै प्रभाकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको पोखरेलको जिकिर छ।

 

अन्य समाचारहरु