सर्वोच्च बार एशोसयएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी

 

काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ। एउटा सदस्य पदमा प्रगतिशिल समूहका सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका विजयी भएका छन्।

अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत ल्याए। अध्यक्षका प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत ल्याए।

उपाध्यक्षमा अम्बर बहादुर राउत ३४६ मत ल्यायी विजयी हुँदा उनका प्रतिस्पर्धी भिष्मराज कडरियाले १७३ मत ल्याए। बरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठले २५ मत मात्रै ल्याउन सके।

सचिवमा रमण कुमार कर्ण ३३९ मतका साथ निर्वाचित हुँदा प्रतिस्पर्धी प्रभाकर श्रेष्ठले २०५ मत ल्याए।

सहसचिवमा पुन्देवी महर्जन ३३७ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी श्रुति कुमारी रेग्मीले २१६ मत ल्याए। कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मतसहित विजयी हुँदा अनन्तराज लुईटेलले २०७ मत पाए।

images

महिला सदस्यमा शशी बस्नेत ३१७ मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी सुधा धितालले २०८ मत ल्याइन्।

images

सदस्यहरूमा दुर्गा मोहन श्रेष्ठ (३५४मत), इन्द्र शेखर खड्का(३१५), प्रदिप कुमार श्रेष्ठ (३१७), नागेश्वर प्रसाद चौधरी (२८०), निर्मल कुमार उपाध्याय (३२५), ओमकृष्ण श्रेष्ठ (२७९), प्रदिप कुमार राजवंशी (३१४) र सतिशराज मैनाली (२७२ मत) सहित निर्वाचित भएका छन्।

 

images

 

 

Nepal life insurance