कैलाश दर्शनका लागि चीन भारतबिच ५ बर्ष पछि सिधा उडान हुदैँ

 

नयाँदिल्ली, १६ माघ । भारतवाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ।  योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय भइसकेको छैन् ।

भारतीय बिदेश मन्त्रालयका अनुसार भारतका विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको दुईदिने बैठकमा यी दुई प्रमुख निर्णय भएको हो ।

कैलाश मानसरोवर यात्रा र दुई देशबीचको उडान सेवा २०२० देखि बन्द गरिएको थियो। यसको कारण सीमा विवाद र कोभिडको लहरपछि दुईबीचको खराब सम्बन्ध पनि थियो । जुन २०२० मा भारत र चीनबीच डोकलाम विवाद थियो र मार्च २०१९ मा कोविडको पहिलो लहर आए पछि दुबै देश बिच कैलाश दर्शनको उडान बन्द गरिएको थियो । भारतीय बिदेश मन्त्रालयका अनुसार सीधा उडान सेवा सुरु गर्न दुवै देशका प्राविधिक टोलीले चाँडै वार्ता गर्नेछन् भने पारस्परिक सहयोग र समझदारी अभिवृद्धि गर्न मिडिया र थिंक ट्याङ्कहरू बीचको अन्तरक्रियालाई प्राथमिकता दिइनेछ।

र, दुई देशबीचको सम्बन्धको ७५ औँ वार्षिकोत्सव संयुक्त रूपमा मनाउन मिलेर काम गर्न सहमत भएका चीन भारत जलविज्ञान तथ्याङ्कको आदानप्रदान पुनः सुरु गर्न र सीमापार नदीहरूमा सहयोग अभिवृद्धि गर्न छलफल गर्न भारत र चीनबीच विज्ञ स्तरको बैठकसमेत हुनेछ।

images

गत वर्ष अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच काजानमा ५ वर्षपछि भेटवार्ता भएको थियो । त्यसपछि दुई देशले आपसी सम्बन्धको अवस्थाबारे छलफल गर्दै सम्बन्ध सुधारका लागि केही कदम चाल्न सहमत भएका थिए । त्यस यता विगत ३ महिनामा चीन–भारत सीमा विवादित क्षेत्र डेम्चोक र देप्साङबाट दुवै देशका सेना पछि हटे पछि कैलाश मानसरोवर यात्रा र उडान सेवा सुरु गर्ने निर्णय भएको जनाइएको छ ।

कोरोना महामारी अघि दुई देशबीच हरेक महिना ५ सय ३९ सिधा उडान हुने गरेको थियो । तिनीहरूको कुल क्षमता १.२५ लाख सिट भन्दा बढी थियो। यी उडानहरूमा एयर इन्डिया, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सजस्ता कम्पनीहरू सामेल थिए। उडान सेवा बन्द भएपछि दुवै देशका यात्रुहरू बंगलादेश, हङकङ, थाइल्याण्ड र सिङ्गापुरजस्ता कनेक्टिङ हब हुँदै आवतजावत गर्ने गरेका थिए तर यो यात्रा महँगो थियो।

images

हवाई यातायातको जानकारी दिने कम्पनी सिरियमका अनुसार सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म भारत र चीनबीच यात्रा गर्नेको संख्या ४.६ लाख थियो । उही समयमा २०१९ को पहिलो १० महिनामा यो संख्या १० लाख पुगेको थियो।

images

सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म हङकङ हुँदै १ लाख ७३ हजार, सिङ्गापुर हुँदै ९८ हजार, थाइल्याण्ड हुँदै ९३ हजार, बंगलादेश हुँदै ३० हजारले दुवै देशको भ्रमण गरेका थिए ।