परमेश्वर कबीरजीको निर्वाण दिवसमा सतलोक आश्रममा १२ नव जोडीहरुको दाइजोमुक्त सामुहिक अन्तरजातिय विवाह (रमैणी) सम्पन्न (तस्बिर सहित)

– केशब पन्थी ।

धनुषा – समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत सतलोक आश्रम धनुषामा १२ नव जोडीहरुको दाइजो रहित सामुहिक विवाह गराइएको छ। धनुषा जिल्लाको मिथिला न.पा. – २, बेलाचापी स्थित सतलोक आश्रम धनुषामा ५०७ औं कबीर साहेब निर्वाण दिवस यस वर्ष पनि भव्यताका साथ मनाईंदै छ।

May be an image of 1 person and crowd

उक्त पावन समागमको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा यहि माघ महिनाको २४ देखि २६ गते सम्मका लागि आयोजित तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डारा कार्यक्रमको दोस्रो दिन माघ २५ गते शुक्रबार विभिन्न समाज सुधारका कार्यक्रमहरु सम्पन्न गरियो।

May be an image of one or more people and crowd

समाज सुधारक सन्त रामपालजी महाराजको सान्निध्यमा हरेक वर्ष कबीर साहेब निर्वाण दिवस मनाउने गरिएको आयोजकले जनाएका छन् ।

May be an image of temple and text

सन्त रामपालजी महाराजको सान्निध्यमा आदरणीय सन्त गरिबदासजी महाराजद्वारा रचित अमरग्रन्थ साहेबको अखण्ड पाठ जारी राख्दै १२ नव जोडिहरुको दाइजो तथा आडम्बरमुक्त विवाह (रमैणी) गराइएको छ। यस विवाहमा कुनै प्रकारको सरसामान तथा नगद लेनदेन भएको छैन भने बेहुला वा बेहुली दुवैपक्षको कुनै पनि खर्च भएन । सर्व आगन्तुकहरुलाई खाने तथा बस्ने व्यवस्था आश्रमकै तर्फबाट विशाल भन्डारामा गरियो ।

May be an image of 1 person and crowd

मात्र १७ मिनेटको गुरुवाणी द्वारा तेत्तीस करोड देवीदेवताहरुको स्तुति गरी तीनै देवीदेवताहरुको साक्षीमा लाखौं श्रद्धालुहरु सामु उक्त विवाह सम्पन्न भयो। यस प्रकारको विवाहमा कुनै किसिमको मांसाहार तथा नशालु पदार्थ आदी सेवन गर्न पूर्ण रुपमा निषेधित हुन्छ।

May be an image of 5 people, dais, temple and text that says "3 ODAY जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराज को पावन सन्निध्यमा परमेश्वर कबीरजी निर्वाणि दिंवसा वे Νει रकतादान को आयोजन को उपलक्ष्यमा হ०८৭ माघ શ5 गते सम्म (7 फरवरी 20 पन: सतलोक आश्रम धनुषा, धनुषा,नेपात नेपात OypЖaH"

समाजबाट दाइजाे रूपी कुप्रथालाई समाप्त पार्न सन्त रामपालजी महाराजको दाइजोमुक्त समाज अभियान अन्तर्गत यो विवाह गराइएको जानकारी आयोजकले जनाएका छन् । यस्ता विवाहले समाजमा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको र समाज परिवर्तित भैरहेको जानकारी पनि आयोजकले गराएका छन् । आफ्नो गुरुबाट प्राप्त ज्ञानमा आधारित रहेर मानवसेवाको भावना दर्शाउँदै अनुयायीहरुले यस कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीलाई ६३ युनिट रक्तदान पनि गरेका छन् ।

May be an image of 7 people, temple and text that says "TODAY મाા्ी जगतगुरु तत्वदर्श सन्त रामपालजी महाराज को पावन सन्निध्यमा परमोश्छर कबीरजी निर्वणि हिंवसा को उप ्यमा रक्न रक्त को आर' वरी नेपा OSO 20000"

कार्यक्रममा विशिष्ट व्यक्तिहरु, विभिन्न न.पा. का मेयर तथा वडा अध्यक्षहरु, विभिन्न निकायका प्रमुख कर्मचारीहरु, डाक्टर तथा इन्जिनियरहरु लगायतका व्यक्तित्वहरुको बहुसंख्यामा सहभागीता रह्यो। कबिर साहेबले आज भन्दा ५०७ वर्ष पहिले भारतकाे मगहरबाट सशरीर सत्यलाेकम जानुभएको थियो।

May be an image of 6 people, dais and text

काशीमा १२० वर्ष काशीमा मानव लीला गरी अन्त्यमा मगहरबाट सतलोक जाँदै गर्दाको चित्रण गर्ने आध्यात्मिक प्रदर्शनिहरु पनि उक्त कार्यक्रममा लगाइएको थियो । आश्रमको सर्व व्यवस्था तथा सन्त रामपालजी महाराजद्वारा बनाइएको भक्ति मर्यादा र अनुशासनलाई देखेर सबैले हृदय देखि नै कार्यक्रम आयोजकका साथै सन्त रामपालजी महाराजको प्रशंसा गरेका छन् ।

May be an image of 7 people, temple and text that says "TODAY youM जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराज को पावन सन्निध्यमा परोश्कर कबीरजी निर्वणि दिंचसा को उप प्क्कर्यामा ्यमा सक्घन रक्त को आय' वरी नेपा SO 2000 5"

यस्ता कार्यक्रम, व्यवस्थापन र अनुशासन त राज्यले नै अनुशरण गर्नुपर्ने किसिमको नमुना रहेको कुरा अतिथीहरुले बताएका छन् ।
विशाल भण्डारामा शुद्ध घ्यु बाट तयार गरीएको बुनियाँ तथा हलुवा प्रसादका साथै रोटी, पूरी, शब्जी, सलाद, दाल, भात, अचार आदीको व्यवस्था गरिएको छ।

May be an image of 1 person and crowd

जुनसुकै व्यक्ति पनि कार्यक्रममा सहभागी भएर प्रसाद ग्रहण गर्न सक्ने र जति धेरै सङ्ख्यामा श्रद्धालु आए पनि सबैलाई नि:शुल्क भोजन भण्डारा गराउने तयारी रहेको आयोजकले बताएका छन् । यसका साथै धेरै भन्दा धेरै संख्यामा आम जनसाधारणलाई कार्यक्रममा सहभागी हुन पनि आमन्त्रित गरिरहेको छ। तेस्रो दिन भोग आरती र सत्संग गरी कार्यक्रम सम्पन्न हुने कुरा आयोजकले जनाएका छन् । कार्यक्रमको पहिलो र दोस्रो दिन गरी करीब ५ लाख जति श्रद्धालुहरुको उपस्थित रह्यो ।

 

अन्य समाचारहरु