अर्घाखाँचीमा बाँदरको खतरा कम गर्ने बिषयलाई केन्द्रित गर्दै सुरु भयो पाइलट सर्वेक्षण । (तस्बिर सहित)

 

 

-केशबराज ज्ञवाली , अर्घाखाँची डट्कम।

अर्घाखाँची – देशभर बादर बाट हुने खेतिजन्य क्षती कम गर्न अर्घाखाँचीमा पाइलट सर्वेक्षण सुरु गरिएको छ ।

जिल्लाका तिन पालिकाबाट पहिचान भएका क्षेत्र सर्वेक्षण कार्यकर्ता मध्ये नौ जनालाई माघ २८ मा सन्धिखर्कमा आयोजित एकदिने तालिमपछि गत माघ २९ गते मालारानी गाउँपालिकाबाट सुरु भएको प्रभावित क्षेत्र सर्वेक्षण ३० गते पाणिनी र फागुन १ गते सितगंगा नगरपालिकामा हुनेछ ।

सर्वेक्षणका क्रममा जिल्ला सदरमुकाम, पालिका र वडाका अन्य प्रमुख सूचनादाताहरूसँग झण्डै ४०० घरपरिवारको अन्तर्वार्ता लिइने मानव वन्यजन्तु द्वन्द ब्यबस्थापन नेपालका कार्यकारी निर्देशक होम क्षेतृले बताएका छन ।

images

सर्वेक्षण मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन, नेपालका कार्यकारी निर्देशक होम क्षेत्रीको निरीक्षणमा आयोजना गरिएको हो।

images

सर्वेक्षणको नतिजाले मानव र वन्यजन्तु द्वन्द्वको सामना गर्न दीर्घकालीन न्यूनीकरण रणनीति ल्याउने लक्ष्य राखेको छ । विशेष गरी बाँदरको खतरा शीर्ष खाद्यान्न बालिमा रहेको र जसले गर्दा धेरै घरपरिवारको जीविकोपार्जन र खाद्य सुरक्षालाई असर गरेको छ ।

images

बादरजन्य खतरा र त्यस बाट वचन सकिने उपाय सहित जिल्ला सर्वेक्षणको अन्तिम प्रतिवेदन एक महिना भित्र आउने अपेक्षा गरिएको छ ।

 

 

Nepal life insurance