सुदूरपश्चिम प्रदेशमा एक हजारभन्दा बढी मानव अधिकार उल्लङ्घनका घटना

 

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएको तथ्याङ्क अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले सार्वजनिक गरेको छ ।

इन्सेकको कार्यालय धनगढीले बुधबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था’ विषयमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

सन् २०२४ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेशभरि एक हजार ९९ जना पीडित भएका इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले जानकारी दिनुभयो ।

संयोजक जोशीका अनुसार सन् २०२४ मा प्रदेशमा मानव अधिकार उल्लङ्घनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ९४ महिला र ३४ जना पुरुष गरी एक हजार ८८ जना पीडित भएका छन् ।

राज्य पक्षबाट भएको कुटपिटका घटनामा दुई, गिरफ्तारीका घटनामा छ, जेलमा मृत्यु भएका घटनामा एक, हिरासतमा मृत्यु एक र अमानवीय व्यवहार घटनामा एक गरी ११ जना पीडित भएको तथ्यांकमा उल्लेख छ ।

images

यस्तै, गैह्र राज्य पक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्या घटनामा नौ, घाइते ११, बाल अधिकारका घटनामा १०५, जातीय विभेदका तीन, महिला अधिकारका घटनामा ९४७, अमानवीय व्यवहारका दुई, कुटपिटका आठ र धम्कीका घटनामा तीनजना पीडित भएका छन् ।

images

संयोजक जोशीले सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडितको सङ्ख्यामा कमी आएको बताउनुभयो । सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडित हुनेको सङ्ख्यामा १०२ जनाले कमी आएको छ ।

 

images