नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिकका अध्यक्ष भुसालले दिए देशबासिका नाममा शुभकामना

 

-सुर्य प्रसाद भुसाल , अर्घाखाँची।

काठमाडौं फागुन १४ नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक का अध्यक्ष गणेश प्रसाद भुसालले सबै खाले नेपाली चाड  पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर् याएको बताएका छन ।

हिन्दू धर्मावलम्वीहरूले अति श्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाइने ‘महाशिवरात्रि’ अवसरमा सबै देशबासिहरु मा शुभकामना व्यक्त गर्दै  भुसालले विभिन्न समुदायमा रहेका धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा दिने महाशिवरात्रिलगायत पर्वले सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएका बताएका हुन ।

नागरिक उड्डयन प्राधिकरण मा हुने हरेक खालका अनियमितता को भण्डाफोर गर्दै कर्मचारी हरुको पक्षमा निरन्तर काम गर्दै आएका भुसालले  महाशिवरात्रिको अवसरमा आफू र आफ्नो सस्था नेपाल नागरिक उड्डयन प्राधिकरण लोकतान्त्रिक को  तर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।